
दैलेखमा सक्रिय रुपमा काम गरेका ५५ जना पत्रकारलाई मनघरी फाउन्डेशन दैलेख र युवा नेत्री दिपा शर्माले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । मनघरी फाउण्डेसनका सल्लाहकार डा. रबिन खड्का र युवा नेत्री दिपा शर्माले एक कार्यक्रम आयोजना गरेर ५५ जना पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

३० जनालाई प्रेस ज्याकेट , एन नाइन्टी फाइभ मास्क, सेनीटाइजर र प्रदान गरेको छ । राष्ट्रपतिको स्वकीय उपसचिव एवं फाउन्डेशनका सल्लाहकार दिपा शर्माले २५ पिस मास्क, सेनिटाइजर पत्रकारलाई हस्तान्तरण गरेकी छन् ।
वीर अस्पतालका उपनिर्देशक एवं फाउन्डेशनका सल्लाहकार डा. रविन खड्काले नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीलाई उक्त स्वास्थ्य सामग्री र प्रेस ज्याकेटहरू हस्तान्तरण गरेका छन् । सामग्री हस्तान्तरण सँगै दैलेखमा जडान हुन थालेको पिसिआर मेसिन जडानको भूमिकामा आएका डा. खड्काले पिसिआर मेसिन दैलेखका लागि ठूलो उपलब्धी र गौरवको बिषय भएको बताएका छन् । कोरोनालाई ठूला बिषय नवनाईकल उच्च सर्तकर्ता र उच्च मनोवल राखेर जित्न सकिने र केही दिनमा संक्रमितको धमाधम पहिचान सुरु भएपछि सोही अनुसार उपचार बिधि अपनाएमा दैलेखमा कोरोना संक्रमण छिट्टै नियन्त्रणमा हुने बताएका छन् ।
फाउन्डेशनका अध्यक्ष भरतबन्धु थापाले स्वास्थ्य सामग्री र प्रेस ज्याकेटले पत्रकारहरूलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा राखेर दैलेख पठाएको बताएका छन् ।
राष्ट्रपतिको स्वकीय उपसचिव फाउन्डेशनका सल्लाहकार दिपा शर्माले कोरोनाको भय कम गर्नुपर्ने र जनताको आत्मवल बढाउन संचार क्षेत्रको भूमिका दैलेखमा निकै महत्वपूर्ण भएकोले कोरोना संक्रमणबाट जोगिने बिषयहरुमा समाचार केन्द्रित गर्न आग्रह गरेकी छन् ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले प्रेसको राम्रो सदुपयोग गर्दे तत्थ्यका आधारमा समाचार संप्रेषण गर्न आग्रह गरेका छन् । सहायोगि निकायलाई धन्यवाद दिदै अध्यक्ष के.सी.ले महामारीबाट दैलेखलाई जोगाउन संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले त्रास भन्दा उत्साह थप्ने कुरामा बढी जोड दिन आग्रह गरेका छन् ।
यसअघि पनि मनघरी फाउण्डेशनको अगुवाइमा नेपालमा कोरोनाको प्रभाव परे लगतै दैलेखी सेवा समाजसँग सहकार्य गरेर दैलेख जिल्लाका सबै स्थानिय निकायहरुलाई दुई पटक स्वास्थ्य सामाग्री पठाई सकेको छ । डोल्पाका सबै स्थानीय तहमा पनि स्वास्थ्य सामग्री पठाई सकेको फाउन्डेशनले जनाएको छ ।






